logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्री कार्कीले बिहिवार राष्ट्रका नाममा सम्बोधन गर्ने


  • राजनीति
  • बुधबार, असोज ८ २०८२

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बिहिवार (भोली) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन् ।

उनी निकट स्रोतका अनुसार प्रधामन्त्री कार्कीले भोली साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधन कार्यक्रमको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छ ।

जेनजीहरुले गत भदौ २३ र २४ गते गरेको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि जेनजीहरुको माग अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार