राजनीति
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद छोडेका छन् ।
बुधवार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष भट्टराई पार्टी अध्यक्ष पदबाट अलग भएको जानकारी गराएका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्य नजर गर्दै भट्टराईले पार्टी अध्यक्षको जिम्मेवारीबाट अलग हुने घोषणा गरेको बताइएको छ ।
भट्टराई अध्यक्षबाट अलग भएसँगै दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । उक्त कमिटिले ६ महिनाभित्र महाधिवेश गर्ने जनाइएको छ ।