राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधामन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने छिन् ।
त्यस अघि प्रधानमन्त्री कार्कीले आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी मन्त्रीपरिषद्को बैठक बोलाएकी छिन् । कार्कीको सम्बोधन कार्यक्रमको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छ ।
जेनजीहरुले गत भदौ २३ र २४ गते गरेको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि जेनजीहरुको माग अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेको छ ।