logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ओलीले भने : आफ्नो हातमा केही नरहेको थाहा पाएपछि राजीनामा दिए


  • राजनीति
  • शनिबार, असोज ११ २०८२

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नबनेको दाबी गरेका छन् ।

सत्ताच्यूत भएपछि आज पहिलो पटक गुण्डुमा युवा संघले आयोजना गरेको चियापान कार्यक्रमा सार्वजनिक भएर सम्बोधन गरेका ओलीले कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको बताए । ओलीले जेनजीहरुले गरेको आन्दोलन हिंसात्मक बनेको भन्दै त्यसबारे सत्यतथ्य छानबिन गर्न माग गरे ।

ओलीले भदौ २३ गते भएको गोली काण्ड र त्यसपछिका घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नबारे समेट प्रष्ट पारेका छन् । उनले भने, “सुरुमा गोली कसरी चलेको हो भनि स्वयम मैले सोधखोज गरेको छु । पछि थाहाँ पाए १४ जनाको मृत्यु भएको छ । टाउकोमा गोली लागेको भन्ने जानकारी पनि आएको छ । यो कसरी भयो चिन्ता व्यक्त गरेको छु । त्यसबारे बुझ्न लगाएको छु ।”

उनले यो घटनापछि आफू अत्यन्त दुःखी भएको र यो कसरी भयो भन्ने विषयमा निष्पक्ष रुपमा छानबिन गर्न पनि माग गरेको बताए । ओलीले घटनाको भोलीपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको जानकारी दिए ।

ओलीले आफूमाथि केही व्यक्तिहरुले विभिन्न आरोप लगाएको टिप्पणी गर्दै जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई गम्भिरता पूर्वक लिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार