राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको टीका–जमरा नलगाउने घोषणा गरेकी छिन् ।
जेनजी आन्दोलनमा अनेकौं युवाले ज्यान गुमाउनु परेको पीडा अझै ताजा रहेको भन्दै प्रधानमन्त्री कार्कीले यस वर्ष टीका–जमरा नलगाउने र नागरिकलाई समेत टिका नलगाउने उनको सचिवालयले जानकारी दिएको छ ।
वडादशैं २०८२ को अवसरमा प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत् जारी सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईप्रति शुभकामना व्यक्त गर्दै आफूले टिका नलगाउने र नलगाइदिने निर्णय भएको जनाएको छ ।
“बडादशैं प्रत्येक वर्ष हर्षाेउल्लासका साथ मनाउने चाड भएता पनि हालै सम्पन्न युव पुताको आन्दोलनका क्रममा धेरै युवाहरुले ज्यान गुमाउनु परेको पीडा पनि हाम्रा सामु छ । तसर्थ यस वर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दशैंको टिका–जमरा नलगाउनु हुने र देश बासीहरुलाई समेत टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीका लागि सादर अनुरोध छ,” प्रधानमन्त्री कार्कीको सचिवालयद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।