logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

‘बाढी/पहिरोको जोखिम छ, उच्च सतर्कता अपनाउनू’


  • राजनीति
  • शुक्रबार, असोज १७ २०८२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले असोज २० गतेसम्म देशका विभिन्न भू–भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानि सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकोले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको छ । यसले गर्दा नदीनाला र खोलानालाको सतह आकस्मीका रुपमा बढ्ने र बाढी–पहिरो, डुबान, कटान तथा भू–क्षयको सम्भावना रहेको चेतावनी दिइएको छ ।

गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एवम् गम्भीर खालका विरामीलाई सुरक्षीत स्थानमा सार्न तयारी गर्न र आधिकारीक नियकाले जारी गरेको सूचना बमोजिम स्थानमा यात्र नगर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार