logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उज्यालो नेपाल पार्टीसँग मेरो कुनै सम्बन्ध छैन् : कुलमान घिसिङ


  • राजनीति
  • शुक्रबार, असोज १७ २०८२

काठमाडौं । उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

निर्वाचन आयोगमा दर्ताका लागि पेश भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष ज्ञान तामाङले आफूहरु कुलमान घिसिङसँग पनि वार्तामा रहेको र एउटै पार्टी बन्ने दाबी गरेपछि कुलमान घिसिङ उज्यालो पार्टी नेपालमा आबद्ध हुने भन्दै समाचार प्रकाशन भएपछि मन्त्री घिसिङले सामाजिक सञ्जाल मार्फत् उक्त पार्टीसँग जोडिएको भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

घिसिङले उज्यालो नेपाल पार्टीमा आफ्नो आबद्धताबारे कुनै किसिमको छलफल पनि नभएको र प्रचार गरिएजस्तो जुम बैठकमा पनि सहभागिता नरहेको प्रष्ट पारेका छन् ।

घिसिङले सामाजिक सञ्जालमा लेखेका छन्, “उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचनारसमाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सूचनारसमाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु । मसँग कुनै छलफल/सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार