logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एमाले सचिवालय बैठक बस्दै


  • राजनीति
  • शुक्रबार, असोज २४ २०८२

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे भक्तपुरस्थित गुण्डुमा बस्ने एमाले नेता महेश बस्नेतले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकमा आगामी असोज २७ देखि २९ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकका एजेण्ड तय गर्ने विषयमा छलफल हुनेछ ।

एमालेले संसद पुर्नःपुनस्थापनाको विषयमा सर्वाेच्च अदालतमा रिट दर्ता गर्ने विषयमा समेत छलफल गरिरहेको छ । आजको बैठकमा समसामयिक राजनीति र संसद पुनःस्थापनाको लागि कांग्रेससँगको संवादका विषयमा पनि छलफल हुने बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार