logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एमाले अध्यक्ष ओली अस्वस्थ, सचिवालय बैठक स्थगित


  • राजनीति
  • शनिबार, असोज २५ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

अध्यक्ष ओलीको स्वास्थमा समस्या आएपछि आज बस्ने भनिएको सचिवालय बैठक भोली ११ बजे बस्ने गरी सारिएको एमाले कार्यालय सचिव भिष्म अधिकारीले बताए । उनले भने, “अध्यक्षलाई रुघाखोकीले समस्या भयो । त्यसैले बैठक स्थगित गरिएको छ । स्थगित बैठक भोली बिहान ११ बजे बस्नेछ ।”

केन्द्रीय समिति बैठकका एजेण्डा लगायतका विषयमा छलफल गर्नको लागि ओली निवास गुण्डुमा हिजोदेखि सचिवालय बैठक जारी रहेको छ । हिजो ९ जना पदाधिकरीले बैठकमा धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार