राजनीति
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सरेको छ ।
यस अघि असोज २६ गते बोलाइएको बैठक दुई दिन पर सारेर असोज २८ गतेका लागि बोलाइएको छ । कार्य सम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठक सारिएको केन्द्रीय सदस्य श्याम घिमिरेले बताए ।
उनका अनुसार कार्यसम्पाद समितिका सदस्यहरुले बोल्ने क्रम सकिएपनि केन्द्रीय समितिको बैठकमा छलफल गरिने एजेण्ड तय गर्न आइतबार पनि समितिको बैठक बस्नेछ ।
बुधवार बोलाइएको शिर्ष नेताहरुको बैठकमा कार्य सम्पादन समितिका सदस्यलाई पनि बोलाइएको थियो । हिजो र आज सबैको बोल्ने क्रममा सकिएको जनाइएको छ ।