logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एमाले सचिवालय बैठक गुण्डुमा जारी


  • राजनीति
  • आइतबार, असोज २६ २०८२

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक गुण्डुमा जारी रहेको छ ।

केही बेर अघि सुरु भएको बैठकमा एमाले केन्द्रीय कमिटी बैठकका एजेण्ड तय गर्ने लगायतका विषयमा छलफल भैरहेको जनाइएको छ । हिजो अध्यक्ष केपी शर्मा ओलीको स्वास्थमा समस्या देखिएपछि बैठक आजका लागि सारिएको थियो ।

बैठकको पहिलो दिन शुक्रबार ९ जना पदाधिकारीहरुले आफ्नो धारणा राखेका थिए । बाँकी पदाधिकारीले आजको बैठकमा धारणा राख्नेछन् । शुक्रबार धारणा राखेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका केही पदाधिकारीहरुले भने अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने माग राखेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार