logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा


  • राजनीति
  • मंगलबार, असोज २८ २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् ।

विश्वासको मत लिनको लागि आज प्रदेशसभाको बैठक बोलाइएको थियो । बैठकमा आफ्ना कुरा राख्दै मुख्यमन्त्री सिंहले अन्तमा राजीनामा घोषणा गरे ।

पदबाट राजीनामा घोषणा गर्नु अघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामा विषयमा कडा रुपमा संकेत गरेका थिए । उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको निर्णयको कडा प्रतिवाद गरे ।

बजेट बनाउने बेला ५ लाखसम्मको समेत बजेट राख्दा यस विषयमा पार्टी केन्द्रीय अध्यक्ष डा. सीके राउतलाई गुनासो गर्दा समेत उनले बजेट राख्नेलाई प्रोत्साहन गरेको आरोप लगाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार