राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगलाई कारबाही गर्नेपर्ने बताएकी छिन् ।
बिहिवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्री, सचिव, संकटग्रस्त समस्या समाधान आयोगका सदस्य, सहकारी समस्या नियमन प्राधिकरण, सहकारी पीडित बचतकर्ता राष्ट्रिय संरक्षण राष्ट्रिय महासंघका सदस्यहरुलाई एकै ठाउँमा राखेर छलफल गरेकी थिइन् ।
सो छलफलमा सहभागी ठगी गरेर हिड्नेहरुलाई कुनै पनि हालतमा छा्डन नहुने बताइन् ।
“ठगेर खाएर हिड्नेहरुलाई कुनै पनि हालतमा छोड्नु हुन्न । यीनीहरु महंगा सुनका घडी लगाएर हिड्छन् । गाडी चढेर हिड्छन्, नक्कली डिभोर्स गराएर हिड्छन् । उनीहरुलाई छाड्न मिल्दैन, बरु कानूनमा समस्या छ भने संशोधन गरौं,” प्रधानमन्त्री कार्कीको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एक जनाले बताए ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सहकारी ठगीमा संलग्नहरुको घर जग्गा लिलाम गरेरै भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने बताएकी थिइन् ।