राजनीति
काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई उपत्यका छोड्न लगाएको रोकप्रति आपत्ति जनाएका छन् ।
एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी मुख्यालय च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेपालको जुनसुकै स्थानमा जाने भन्दै आफूलाई रोकेर देखाउन चुनौती दिएका हुन्।
उनले तिहारमा औँसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिने बताउँदै अहिले देशमा छाएको अँध्यारोलाई पनि उज्यालो बालेर चिर्नुपर्ने बताए ।