logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मोहन वैद्यले छाडे नेतृत्व, महासचिवमा सीपी गजुरेल चयन


  • राजनीति
  • आइतबार, कार्तिक ३ २०८२

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ ले पदबाट स्वेच्छिक रुपमा राजीनामा दिएका छन् ।

८० वर्षका वैद्यले स्वास्थको कारण देखाउँदै स्वेच्छिक रुपमा पार्टीको महासचिव पदबाट राजीनामा दिएका हुन् । वैद्यले राजीनामा दिएसँगै शनिबार साँझ सम्पन्न भएको पार्टीको तेस्रो केन्द्रीय समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो ।

बैठकले वैद्यको राजीनामा स्वीकृतिसँगै पार्टीको नयाँ महासचिवमा सीपी गजुरेल ‘गौरव’ लाई चयन गरेको हो । वैद्य गत मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत रुपमा पार्टीको महासचिवमा चयन भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार