logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गृहमन्त्रीले भागिसेको भनेका पूर्वउर्जामन्त्री खड्का आफ्नै जलेको घरबाट भए सार्वजनिक


  • राजनीति
  • सोमबार, कार्तिक ४ २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छोडेर अमेरिकाका भागिसकेको भनेका पूर्वउर्जामन्त्री दीपक खड्का सार्वजनिक भएका छन् ।

अर्यालले भागिसेको भनेर अन्तवार्ता दिएको भोलिपल्ट खड्का जेनजी आन्दोलनका क्रममा जलेको आफ्नै बुढानिलकण्ठस्थित घरबाट सार्वजनिक भएका हुन् । अर्यालले सम्पत्ति शुद्धिकरणमा छानिबनि सुरु गरेपछि तत्कालीन उर्जामन्त्री देश छोडेर भागेको र अरु पनि भाग्न सक्ने बताएका थिए ।

सोमबार बिहानै जलेको घरबाटै पत्रकारहरुसँग कुरा गर्दै खड्काले आफू देश छोडेर कतै नभागेको स्पष्ट पारेका हुन् ।

उनले भने, “भाग्नुपर्ने कुनै कारण नै छैन् । आन्दोलनको विषयमा तत्कालीन सरकारले छानबिन गर्न आयोग गठन गरिसकेको छ । भाग्नु किन परो यस्तो झिना मसिना कुराले छुने डराउने भन्ने हुँदैन । सबै कुराहरुको फेस गर्न तयार छु ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार