logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्री कार्कीले आज चुनावबारे दलहरुसँग छलफल गर्दै


  • राजनीति
  • मंगलबार, कार्तिक ५ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज चुनावबारे छलफल गर्नका लागि राजनीतिक दलहरुलाई संवादका लागि बोलाएकी छिन् ।

कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएर फागुन २१ गतेका लागि निर्वाचनको घोषणाभएपछि सरकारले औपचारिक रुपमा राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो । यस अघि राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा प्रधानमन्त्री कार्कीसहित राजनीतिक दलहरुको सहभागीमा सर्वदलिय बैठकमा छलफल गरेका थिए ।

प्रधानमन्त्री कार्कीले आज ७ राजनीतिक दलहरुलाई छलफलका लागि आह्वान गरेकी छिन् । उनको सचिवालय स्रोतका अनुसार आज अपरान्ह्र ४ बजे राजनीतिक दलहरुलाई छलफलका लागि बालुवाटारमा बोलाइएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा केन्द्रीत रहेर राजनीतिक दलहरुसँग संवाद गर्नेछिन् । यस अघि सरकारको नेतृत्व गरेको दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने एमालेले निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार