logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चुनाव सफल पार्न दलहरुले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन


  • राजनीति
  • मंगलबार, कार्तिक ५ २०८२

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आउँदो फागुन २१ मा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन् ।

मंगलबार भक्तपुरमा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा पुनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने बताए । उनले नेपाली कांग्रेस र एमाले सहित सबै राजनीतिक दलहरुलाई पनि चुनावमा जुट्न आग्रह गरे ।

उनले भने, “संविधानलाई सही बाटोमा ल्याउन तोकिएको मितीमा निर्वाचन गर्नुको विकल्प छैन् । हामी चुनावका लागि प्रतिबद्ध छौं । सबै दललाई पनि त्यसको पक्षमा उभिन आग्रह गर्दछौं ।”

नेता पुनले भदौ २३ गतेको जेनजी आन्दोलनलाई जनआवाजको सही अभिव्यक्ति रहेको भन्दै २४ गते भएको तोडफोड, आगजनी र विध्वंश बाह्य घुसपैठीयाले गराएको बताए । दुवै दिनको घटनाको विषयमा निपक्ष रुपमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनले बताए ।

उनले माओवादी र अन्य दल एउटै हुन भन्ने धारणा स्थापित गर्ने प्रयास भैरहेको उल्लेख गर्दै सुशासनका मामिलामा माओवादी फरक रहेको दाबी गरे । उनले भने, “प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेका कदम नै त्यसको प्रमाण हुन् ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार