राजनीति
काठमाडौं । नवनियुक्त दुई जना मन्त्रीले शपथ लिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरु डा. सुधा शर्मा र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन् । शर्माले स्वास्थ तथा जनसंख्या मन्त्री र गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन् ।
उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनिताको शपथ गराएका हुन् ।
शर्मा र गुप्तासँगै खगेन्द्र सुना र गणपतिलाल श्रेष्ठको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो तर अन्तिम समयमा उनीहरुको शपथ रोकिएको हो ।