logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राष्ट्रिय सभाका सचिव अर्यालले दिए राजीनामा


  • राजनीति
  • मंगलबार, कार्तिक १२ २०८२

काठमाडौं । राष्‍ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै सचिव अर्यालले राजीनामा दिएको जानकारी दिएको छ ।

“सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालज्यूले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ,” राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार