logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

ओली र लेखकको पासपोर्ट रोक्काबारे सर्वाेच्चले दिएन अन्तरिम आदेश


  • राजनीति
  • शुक्रबार, कार्तिक १५ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीश डा. मनोज कुमार शर्मा र नृपध्वज निरौलाको इजलासले सरकारको अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउँ आदेश जारी गरेको हो ।

जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली, पूर्वगृहमन्त्री लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सरकारको अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जानमा रोक लगाउन सिफारिस गरेको थियो।

अधिवक्ता डा। प्रेमराज सिलवालले उक्त निर्णय गैरकानुनी भएको भन्दै खारेज गर्न र तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार