logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कांग्रेस पार्टी कार्यालयमा नेविसंघले गर्यो तालाबन्दी


  • राजनीति
  • आइतबार, कार्तिक १७ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तालाबन्दी गरेको छ ।

आइतबार बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएपछि विरोध जनाउँदै नेविसंघका नेता, कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् । बैठक सुरु हुनुभन्दा अगाडी नै नियमित महाधिवेशनको पक्षमा तत्काल निर्णय गर्न दबाब दिनको लागि नेविसंघका नेता, कार्यकर्ता केन्द्रीय कार्यालय पुगेका थिए ।

तर बैठक नै स्थगित भएपछि आक्रोशित भएका नेविसंघका नेता, कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गर्दै नाराबाजी गरेका हुन् । युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर, नियमित महाधिवेशनको धारणा सार्वजनिक गर लगातका प्ले कार्डहरु लिएर नेविसंघका कार्यकर्ताहरुले पार्टी कार्यालयमा विरोध जनाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार