राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दलसहित एकता घोषणा गरिएको ‘नेपाली कम्युनिष्ट पार्टी’ को संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।
आज भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभाबाट प्रचण्ड संयोजकमा चयन भएका हुन् भने सह-संयोजकमा माधव कुमार नेपाल चयन भएका छन् । एकता सभामा नेता महेन्द्र कुमार रायले संयोजकमा प्रचण्ड र सह–संयोजकमा माधव कुमार नेपाल चयन भएको घोषणा गरे ।
यस अघि प्रचण्ड नेकपा (माओवादी केन्द्र) को संयोजक थिए भने नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष थिए । माओवादी, एकीकृत समाजवादीसहित १० दल एकता गर्ने घोषणा भएसँगै बुधवार भृकुटीमण्डपमा एकता सभा आयोजना गरिएको हो ।