राजनीति
काठमाडौं । सर्वाेच्च अदालतले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको हो ।
मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले कात्तिक २४ मा संविधान विपरित एक होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी थिइन् । त्यसविरुद्ध रक्कीप्रसाद यादवले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि मधेश प्रदेशसभाका सांसदहरुले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा समेत तोडफोड गरेका थिए । सरकारले तत्कालीन मधेश प्रदेश प्रमुख भण्डारीलाई पद मुक्त गरिरहेको छ ।