logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीबारे आयोगसँग लिइन् जानकारी


  • राजनीति
  • बुधबार, कार्तिक २७ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएकी छिन् ।

बुधवार सिंहदरबारमा सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका लागि आयोगले अहिले सम्म गरेका तयारीबारे जानकारी लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

त्यस्तै मतदाता नामावली दर्तामा देखिएका समस्या समाधानका लागि भएका प्रयासबारे पनि प्रधानमन्त्रीले चासो व्यक्त गरिन् । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नकाल लागि सबैमा सहयोग हुने बताएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार