राजनीति
काठमाडौं । निवाचन आयोगले आगामी प्रतिनिधि र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता गर्न आव्हान गरेको छ ।
आयोगले शुक्रबार छुटाछुटै सुचना जारी गर्दै दुवै सदनको निवाचनको लागि दल दर्ता गर्न आव्हान गरेको हो । आगामी फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्टियसभा सदस्य निवाचनको मिति तय भएको छ ।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ताका लागि आव्हान गरेको छ ।
निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम, आयोगमा दर्ता भएका मिति लगायतका आवश्यक कागजात समेत खुलाउन निर्देशन दिएको छ ।