logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले दियो दल दर्ताको प्रमाणपत्र


  • राजनीति
  • शुक्रबार, कार्तिक २९ २०८२

काठमाडौं । निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको छ ।

साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० राजनीतिक दलहरु मिलेर गठन भएको नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टीलाई आयोगले शुक्रबार राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरु एकीकरण भई नेपाली कम्युनिष्ट पार्टी नामक राजनीतिक दललाई आजको निर्णय अनुसार दल दर्ताको प्रमाणपत्र दिइएको आयोजले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार