राजनीति
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्मयन्त्री सरोज कुमार यादवले भारतीय दूतावासका प्रतिनिधिहरुले दलहरुलाई धम्की दिने गरेको आरोप लगाएका छन् ।
शनिबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वीरगन्जमा रहेको भारतीय दूतावासको काउन्सलर कार्यालयबाट धलहरुलाई धम्की आउने गरेको आरोप लगाएका हुन् । मधेशमा राजनीतिक अस्थिरता र बिग्रीनुको मुख्य कारण भारतीय दूतावासबाट आउने धम्की रहेको उनको दाबी छ ।
उनले भने, “वीरगञ्जमा रहेका काउन्सलर अफिसका प्रतिनिधिहरुले दलका नेताहरुलाई प्रत्यक्ष संवाद नगरी दलका नेताहरुलाई धम्क्याउने र दल फुटाइदिन्छु भन्ने जस्ता धम्की दिने गरेका छन् ।”
मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा चुनौती समेत रहेको बताए । उनले आफूलाई सुरक्षा चुनौती रहेका कारण सुरक्षा निकायले सीमित कार्यक्रममा मात्रै सहभागी हुन भनेको बताए । उनले आफूमाथि मात्रै नभएर सरकारमा सहभागी भएका मन्त्री र प्रदेशसभा सदस्यहरुमाथि पनि सुरक्षा थ्रेट रहेको बताए ।