राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीस खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको १५ औँ ग्लोबाल आईसीटी लिडरसिप फोरममा सहभागी भएर आज स्वदेश फर्किएका छन् ।
यही कात्तिक २५ गते मन्त्री खरेलको नेतृत्वमा नेपाली टोली कोरिया प्रस्थान गरेको थियो । सञ्चारमन्त्री खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका थिए ।
कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी ९एनआइए० सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।
फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोवल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर विषयमा दुई सत्रहरु सञ्चालन भएका थिए । सञ्चारमन्त्री खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको बताए ।