राजनीति
जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन् ।
प्रदेश प्रमुख लाभले आज आव्हान गरेको सर्वदलिय बैठकमा सात दलका नेता–कार्यकर्ता सहभागी नभएका हुन् । सर्वदलीय बैठकमा सरोजकुमार यादव सहभागी भए । त्योसँगै अरु राजनीतिक दलले बहिष्कार गरेका हुन् ।
जनता समाजवादी बार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रुपमा नियुक्त भई होटेलमा शपथ खाएका वर्तमान मुख्यमन्त्री बैठकमा सहभागी भएकाले सात दलीय बैठकमा बहिष्कार गरेको बताए ।
मधेशमा देखिएको वर्तमान राजनीतिक संकट समाधान गर्ने अभिप्रायले प्रदेश प्रमुख लाभले सर्वदलीय बैठक आव्हान गरेका थिए ।