राजनीति
काठमाडौं । सर्वाेच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशद्धय डा. नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई नीतिगत र दीर्घकालिन निर्णय नगर्न आदेश जारी गरेको हो । सर्वाेच्च अदालतको यो आदेश मुद्धाको अन्तिम किनारा नलागेसम्म कायम हुनेछ ।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित विपक्षी दलका सांसदले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए ।