logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्वाचनको विकल्प छैन : प्रचण्ड


  • राजनीति
  • आइतबार, मंसिर ८ २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ठ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

आइतबार नुवाकोटको पञ्चकन्या गाउँपालिका– ३ निर्माणाधीन घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दै संयोजक प्रचण्डले देशमा जारी अस्थिर राजनीतिको परिवेशलाई निर्वाचन मार्फत् समाधान गर्न सकिने बताए ।

नागरिकको आत्म निर्णयको अधिकार जोखिममा परेकाले त्यसको पुनःस्थापनाको लागि एकमात्र विकल्प निर्वाचन रहेको उनको भनाई रहेको छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नू राष्ट्रिय राजनीतिक एकताको आवश्यकता रहेको उनले बताए ।

सबै राजनीतिक शक्तिहरु एकजुट भएर चुनाव सम्पन्न गर्न केन्द्रीत हुनुपर्ने भन्दै उनले भने, “फागुन २१ गते समयको अभावले चुनाव हुन नसक्ने अवस्था भएमा आगामी वैशाखदेखि जेठ पहिलोसाता सम्ममा ताजा जनादेश लिनुपर्छ । देशमा जारी अस्थिरतालाई निकास दिएर नयाँ गतिमा अघि बढ्नुपर्छ ।”

सबै दलहरु एकजुट भएर चुनावमा लाग्नुपर्ने र यसैमा सबैको भलो हुने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार