logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश


  • राजनीति
  • सोमबार, मंसिर १६ २०८२

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ।

यादवलाई गैर संवैधानिक रूपमा मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै मधेश प्रदेश सभाका ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा अदालतले यस्तो आदेश दिएको हो।

सर्वोच्च अदालतको यो आदेशसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गर्नुपर्नेछ। यादवले विश्वासको मत प्राप्त गरेमा मुख्यमन्त्रीमा निरन्तरता रहनेछन् भने विश्वासको मत नपाए अर्काे विकल्प गर्नु समेत भनेर सर्वोच्चले आदेश दिएको छ ।

अदालतको आदेशअनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अगाडी बढाउनुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार