logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आफूखुसी उम्मेदवारी घोषणा नगर्न नेता, कार्यकर्तालाई रास्वपाको अपिल


  • राजनीति
  • मंगलबार, मंसिर १७ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू खुसी उम्मेदवारी घोषणा नगर्न सदस्यलाई आग्रह गरेको छ। विभिन्न तहका कतिपय नेता, कार्यकर्ताले यस्तो अभिव्यक्ति दिएको भन्दै सचेत गराइएको हो।

आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न चाहेको सङ्ख्या बढ्दो छ । रास्वपाको उम्मेदवार छनौट समितिका संयोजक विपीन कुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उम्मेदवार छनोट समितिको ध्यानाकर्षण भएको भएको जनानकारी दिएका हुन् ।

पार्टीबाट हाल रूपन्देही क्षेत्र नम्बर ३ का निम्ति मात्र उम्मेदवार औपचारिक रूपमा चयन गरिएको रासपाली जनाएको छ। “यसबाहेक अन्य कुनै पनि प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसै मार्फत स्पष्ट गरिन्छ,” उम्मेदवार छनोट समितिका संयोजक विपिन कुमार आचार्यले भनेका छन् ।

आचार्यद्वारा हस्ताक्षित हार्दिक अनुरोध शीर्षकको सूचनामा उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको उल्लेख छ।

उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न रास्वपाले सबैमा अपिल गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार