logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)


  • राजनीति
  • मंगलबार, मंसिर १७ २०८२

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएको क्षतीको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निमार्ण योजना तयार गर्न गठित समितिको कार्यविधि ३० दिन थप गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतीको मूल्यांकन गर्न र सार्वजनिक संरचनाको पुनर्निमार्ण गर्न गठित समितिको कार्यविधि थप गर्ने निर्णय गरेको हो ।

बैठकले जेनजी आन्दोलनका कारण मृत्युवरण गरेका शहिदहरूको सम्झनामा प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवार परिवारका आमा, बुवा, श्रीमान, श्रीमती, अविवाहित छोरीअ, विवाहित छोरीलाई गृहमत्रालयले फोटोसहितको परिचयपत्र पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार