logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने


  • राजनीति
  • बुधबार, मंसिर १८ २०८२

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेकपा एमालेको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई सर्वोच्च अदालत सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो ।

अदालतको आदेशको पत्र मङ्गलबार प्राप्त गरेपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी गरेका हुन्। मुख्यमन्त्री यादवले मङ्गलबार सर्वोच्चको पत्र प्राप्त भए अनुसार बुधबार विश्वासको मत लिने भन्दै प्रदेश सभा सचिवालयलाई पत्र लेखेर जानकारी दिएका हुन् ।

आज बिहान ८ः३० बजेका लागि प्रदेशसभा बैठक बोलाइएता पनि मुख्यमन्त्री यादव नै अनुपस्थित भएपछि प्रदेशसभा बैठक सुरु हुन सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार