logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जेनजी आन्दोलनपछि पहिलो पटक ओली र देउवाबीच भेट


  • राजनीति
  • शुक्रबार, मंसिर २० २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्यूत भएपछि ओली र देउवाबीच आज पहिलो पटक भेट भएको हो । एमाले अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसहित सभापति देउवाको अस्थायी निवास महाराजगञ्जमा पुगेर भेटावर्ता गरेका हुन् ।

ओली देउवाको भेटमा पूर्वपरराष्ट्रमन्त्री एवम् देउवा पत्नी आरजु राणा दउवा पनि सहभागी थिइन् । दुई नेताको बीचमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार