राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपतिबीच आज सिंहदरबारमा भेटवार्ता भएको हो । पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा भएको क्षतीबारे अवलोकन गर्न आइतबार सिंहदरबार जाँदा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेकी हुन् ।
भेटमा जेनजी आन्दोलन र पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।