logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एमालेको ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा


  • राजनीति
  • सोमबार, मंसिर २३ २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशन को तयारीका लागि भएको व्यवस्थापन समितिको सचिवालय बैठक हाल एमाले मुख्यालय च्यासलमा बसेको छ ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचना लगायत तयारीबारे समीक्षा गरेको एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले जानकारी दिए।

उनका अनुसार सबै उपसमितिहरूले गरिरहेका काम र रिपोर्ट पेश गरिएको बैठकमा महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष निकालेको छ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि सुरु हुँदैछ। महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले तयारीहरू तीव्र पारिएको छ। महाधिवेशनको तयारी लागि बनेका विभिन्न समिति र उपसमितिहरूले निरन्तर रुपमा काम गरिरहेको सो पार्टीले जनाएको छ ।

समग्र तयारीको अवस्थाबारे छलफल गरी बाँकी काम पूरा गर्न व्यवस्थापन समिति सचिवालय अर्को बैठक २५ गते बस्ने ढुङ्गेलले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न एमालेले यसअघि विभिन्न १३ वटा उपसमितिहरू गठन गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार