राजनीति
काठमाडौं । सरकारले जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गत भदौ २३ र २४ गते भएको जेजनी आनदोलनबारे गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको हो ।
जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधवार भएको सम्झौता बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को असोज ५ गते निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको सरकारका प्रवक्त जगदीश खरेलले जानकारी दिए ।