logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णय (सूचीसहित)


  • राजनीति
  • मंगलबार, पुष १ २०८२

काठमाडौं । सरकारले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारीकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो । त्यस्तै बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २०० तथा भारु ५०० दरको नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५००० को सिमासम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान स्वीकृति दिने निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ र सदस्यमा प्राडा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।

हेर्नुहोस मन्त्रीपरिषद् बैठकका निर्णयहरुः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार