राजनीति
काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।
नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन् । नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएपछि मतदानस्थल भृकुटीमण्डपमा एमाले महाधिवेशन प्रतिनिधिहरु लाइनमा लागेका छन् ।
महाधिवेशनमा निर्वाचिन, विशेष र पदेन गरी २ हजार २६३ जना प्रतिनिधि छन् । उम्मेदवारी दर्ता गराएका मध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् ।
एमालेले मतदानमा विद्युतीय उपकरण प्रयोग गर्ने भएको छ । एक पटकमा ८० जनाले विभिन्न विद्युतीय उपकरणमा मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।