logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

ओली र लेखकलाई जाँचबुझ आयोगले अर्को हप्ता बयानका लागि बोलाउने


  • राजनीति
  • बुधबार, पुष २ २०८२

काठमाडौं । गत भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनबारे अनुसन्धान गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने भएको छ ।

बुधबार आयोगको म्याद थपका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग छलफलका लागि गएको आयोगको टोलीले अर्को हप्ता राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने जानकारी दिएको हो।

प्रधानमन्त्री कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई अर्को हप्ता बयानका लागि बोलाउने तयारी भएको जानकारी दिए।

उनले भने, “सबै भइराखेको छ। त्यो बेलाका प्रधानमन्त्री र गृहमन्त्री सबैलाई बयानका लागि बोलाउँछौँ। अर्को हप्ता सबैलाई बोलाउँछौँ।”

ओली र लेखकले बयानका लागि नआउने भनिरहेका छन् नि त्यसबारे के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा अध्यक्ष कार्कीले त्यसको कुरा पछि गर्ने बताए ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले भने ओली र लेखक दुवै जना बयान दिन आउने बताएका छन्। यता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भने यसअघि एक सार्वजनिक कार्यक्रममा आफू उक्त आयोगलाई बयान दिन नजाने बताएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार