राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।
बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर राजदूत सोङले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुबै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
राजदूत चेन सोङले नेपालको विकास र समृद्धिमा चिनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने बताए ।
यो भेटले दुई छिमेकी राष्ट्रबीचको द्धिपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।