logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक र महासचिवमा शंकर पोखरेल विजयी


  • राजनीति
  • बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा(एमाले) को ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् ।

ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।

त्यस्तै महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । पोख्रेल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार