logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

अध्यक्षमा ओलीको ह्याट्रिकसँगै यस्तो बन्यो एमालेको पदाधिकारी टिम


  • राजनीति
  • बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

१९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै पोखरेल अध्यक्षमा ओलीसँग पराजित भएसँगै उनको समूहबाट पदाधिकारीमा दुई जना मात्र विजयी भएका छन् ।

पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगश भट्टराई विजयी भएका हुन् । यी बाहेक अन्य अध्यक्षमा ओलीसहित अन्य १७ जना पदाधिकारीमा भने ओली प्यानका उम्मेदवारहरु नै विजयी भएका हुन् ।

हेर्नुहोस यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी टिमः

अध्यक्ष

केपी शर्मा ओली

उपाध्यक्ष

पृथ्वीसुब्बा गुरुङ

विष्णुप्रसाद पौडेल

रामबहादुर थापा बादल

गोकर्णराज विष्ट

रघुजी पन्त

महासचिव

शंकर पोखरेल

उपमहासचिवमा

लेखराज भट्ट

रघुवीर महासेठ

योगेश भट्टराई

सचिव

महेश बस्नेत

पद्माकुमारी अर्याल

छविलाल विश्वकर्मा

शेरधन राई

हिक्मतकुमार कार्की

खगराज अधिकारी

यमलाल कँडेल

राजन भट्टराई

भानुभक्त ढकाल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार