logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रवि लामिछाने रिहा भए लगत्तै पार्टीको मूल जिम्मेवारीमा फर्किने


  • राजनीति
  • शुक्रबार, पुष ४ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने थुनामुक्त भएपछि पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी दिएको छ।

रास्वापाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज एक विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी दिएका हुन् ।

सहकारी ठगी, संगठित अपराध मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका लामिछानेलाई हिजो तुलसीपुर उच्च अदालतको बुटल इजालासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

लामिछाने आवश्यक प्रक्रिया पूरा गरी अदालतको आदेश बमोजिम आज रिहा हुने भएका छन् । लामिछाने विरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएसँगै उनको तत्कालीन सांसद पद समेत निलम्बनमा परेको थियो भने पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएको थियो ।

“विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको छ। सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको छ,” कार्यवाहक सभापति अर्यालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार