राजनीति
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि तर्क र बाहनामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेशको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले निर्वाचनको मिति सार्ने दुस्साहस गरिएर आफूहरु चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । उनले भने, “सरकारलाई निर्वाचन सहज ढंगले सम्पन्न गर्न आग्रह गर्दछु । कुनै तर्क वा बाहनामा चुनावको मिति सार्ने दुस्साहस यो सरकारले नगरोस ।”
“हामीले भनेका छौं, सहज ढंगले निर्वाचन सम्पन्न होस् । देशको असहज परिस्थितिलाई हेरेर हामीले यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हो । तर, यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्यो भने फेरि संविधान मिचिन्छ । यदि त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं,” उनले भने ।
संयोजक प्रचण्डले आफ्नो पार्टीले देशलाई संकटबाट बचाउने उद्देश्यका साथ जनयुद्ध र जनआन्दोलनको ताकतलाई एकीकृत गरेको बताए ।