logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अन्तरिम सरकारलाई बज्यो खतराको घण्टी, ३० जेनजी समूहले भोलीदेखि आन्दोलन चर्काउने


  • राजनीति
  • आइतबार, पुष ६ २०८२

काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशव्यापी रुपमा सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनको घोषणा गरेको छ ।

आइतबार ढुङ्गानाले पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेन्जी अभियन्ता, घाइते, तथा सहिद परिवारलाई समेटेर लैजाने योजनासहित सोमबार संयुक्त रूपमा जेनजी आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिए ।

मिराज नेतृत्वको समूहसँगै अन्य ३० भन्दा बढी जेनजी समूहहरू आन्दोलनमा सहभागी हुने जनाइएको छ। अभियन्ता ढुङ्गानाले आन्दोलन शान्तिपूर्ण रुपमा माइतीघरबाट बिहान ११ बजे सुरु हुने बताएका छन् ।

उनले भने, “आन्दोलन शान्तिपूर्ण रुपमा हुनेछ । सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ ।”

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बुझ्न नसकेकाले सरकारको विकल्प आवश्यक रहेको ढुङ्गानाको भनाइ रहेको छ।

सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको तयारी गरेको र त्यसका लागि सबै जेनजी समूहहरू एकताबद्ध भइसकेको उनले बताए ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गत भदौ २२ र २३ गते भएको जनेजी आन्दोलनको जगमा गठन भएको थियो । कार्कीको नेतृत्वमा गठन भएको सरकारले जेनजीहरुका माग नै बेवास्ता गरेको भनेर जेनजीहरुले नै यो सरकार परिवर्तन गरेर सर्वपक्षीय सरकारको माग राखेर भोलीदेखि आन्दोलन चर्काउने तयारी गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार