logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली


  • राजनीति
  • सोमबार, पुष ७ २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नको लागि महाराजगञ्ज पुगेका छन् ।

एमालेको ११ औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका ओली पहिलो पटक सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवासमा पुगेका हुन् । अध्यक्ष ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् ।

हाल अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भैरहेको जनाइएको छ । जेनजी आन्दोलनपछि यस अघि मंसिर १९ मा देउवा र ओलीबीच भेटवार्ता भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार